फाइल तस्वीर

काठमाडौँ — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन आज १ लाख २४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर तोलाको १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।