फाइल तस्वीर
ललितपुर — ‘नेपाली काङ्ग्रेसको कारणले औसतभन्दा ज्यादा उपलब्धि भएन भनेर दोषारोपण गर्नु यो भन्दा गलत कुरा, झुटो कुरा, भ्रम छर्ने कुरा हुनै सक्दैन । म यो कुरा ठोकुवाका साथ भन्छु । हाम्रो उपस्थितिले अहिलेको परिस्थितिमा गुणात्मक परिवर्तन आएको छ ।’

यो भनाई हो पूर्वअर्थमन्त्री एवम् नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा नेपाली काङ्ग्रेस जिम्मेवार रहेको भन्ने अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको भन्दै आज पार्टी सानेपामाा आयोजित पत्रकार सम्मेलनमा आपत्ति प्रकट गर्नुभएको हो ।

देशको अर्थतन्त्रलाई अघि बढाउन आफूले तयार पारेको मार्गचित्रले झनै गति लिएको दावी गर्दै पूर्वअर्र्थमन्त्री महतले सरकारमा काङ्ग्रेसको उपस्थितिले अर्थतन्त्रमा गुणात्मक सुधार भएको बताउनुभएको थियो ।

आफुहरुले बनाएको मार्गचित्र वर्तमान सरकारले छोडे मुलुकको अर्थतन्त्र पुनः धरापमा पर्ने जिकिर गर्दै ‘हामीले जुन अर्थतन्त्रलाई अघि बढाउने मार्ग चित्र तयार गरेका छौं र आउने बजेटमा अझ यसलाई परिरिस्कृत बनाएर जाने सुधारको प्रयास छ, त्यसलाई अझ गति दिने हाम्रो कार्ययोजना थियो । यदि त्यो बाटो छोडेर फेरि यो गैर प्राथमिकताको क्षेत्रमा जथाभावी हाम्रो स्रोत र साधनलाई खर्च गर्ने हो भने मुलुकको अर्थतन्त्र फेरी पनि समस्यामाा पर्ने छ’ — भन्नुभयो ।