फाइल तस्वीर
काठमाडौँ — डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आगामी वैशाख १५ गते हुन लागेको इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ (१) को उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ । सो पार्टीका राष्ट्रिय प्रवक्ता डा शरद्सिंह यादवले सो पार्टीको केन्द्रीय सचिवालयको हालैको बैठकका निर्णयहरु सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो ।

उक्त पार्टीको सचिवालय बैठकले सो पार्टीले इलाम र बझाङमा हुन लागेको निर्वाचनमा उम्मेदवारी दिनाका साथै नयाँ बनेको सत्ता गठबन्धनमा तत्कालै सहभागी नहुने र सप्तरीमा २०८० साल माघ ८ गते भएको घटनाको छानविन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी पनि उहाँले दिनुभयो ।