काठमाडौँ — नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत हुनुभएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उहाँलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गर्नुभएको नेपाली काङ्ग्रेसले जनाएको छ ।