फाइल तस्वीरः माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल ।


काठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्ता समीकरणमा बहुमत पुर्याउनका लागि विवादित मान्छेसँग पनि गठबन्धन गर्नुपरेको बताउनुभएको छ । भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन् । अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)ले आज शुक्रबार ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवम् माओवादी केन्द्रकी उपाध्यक्ष भुसालले विवादित मान्छसँग पनि गठबन्धन गर्नुभएको बताउनुभएको हो ।

नेतृ भुसालले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको टिप्पणी गर्दै विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको खुलासा गर्नुभयो ।

माओवादी उपाध्यक्ष भुसालले कार्यक्रममा बोल्दै भन्नुभयो —‘नयाँ गठबन्धन बन्यो । त्यो पनि शुद्ध त छैन । अब जीवन, व्यवहारले पुष्टि गर्छ । केही मान्छे त विवादित छन् नै । तर पनि हाम्रो सङ्ख्या पुग्दैन । जो कोहीसँग पनि गठबन्धन गर्नुपर्ने बाध्यता छ । बहुमत पुर्याउनुपर्छ ।’

विदेशी शक्तिकेन्द्रहरुको इसारामा नयाँ सत्तागठबन्धन बनेको भनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा जसरी अतिरञ्ति बनाउन खोजिएको छ, त्यो गलग भएको भन्दै सो गठबन्धन यहीँका दल र नेताहरुले बनाएको जिकिर गर्नुभयो ।

उपाध्यक्ष भुसालले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभुति दिलाउने सङ्कल्पसहित गठबन्धन बनाइएको दावी गर्दै त्यो पूरा नभए यहीँ गठबन्धनमा बसिरहने कुरा नहुने कुरामा जोड दिनुभएको थियो ।

वर्तमान सत्ता गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्रसहित एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल रहेका छन् । यस बाहेक अन्य साना र मधेशवादी दलहरुलाई पनि सरकारमा समेट्ने प्रयास भैरहेको छ ।

यता प्रमुख प्रतिपक्षी दल बन्न पुगेको प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पनि सरकार गठन गर्नका लागि नयाँ गठबन्धनको खोजि गर्दै मधेशवादी दलसहित अन्य दलहरुको साथ लिन खोजिरहनु भएको छ । भलै काङ्ग्रेसको यो अभियानले तत्काल पूर्णता पाने कुनै सम्भावना देखिएको छैन ।