फाइल तस्वीर


काठमाडौँ — प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउनु पर्ने बताउनुभएको छ । एक सय १४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउनु पर्ने बताउनुभएको हो ।

सभापति देउवाले अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र सहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उल्लेख गर्नुभयो ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गर्नुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र सम्वद्र्धनका लागि महिला दिदी बहिनीको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ भन्ने विश्वास व्यक्त गर्दै सभापति देउवाले दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउनुपर्छ ।