काठमाडौँ — नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत छन सोङबीच शिष्टाचार भेट भएको छ । राजद्तले छन् सोङले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर मन्त्री श्रेष्ठलाई भेटी बधाइ तथा सफल कार्यकालको शुभकामनासमेत दिनुभएको हो ।

उहाँहरुबीच भएको उक्त भेटवार्ताका क्रममा चिनियाँ राजदूत सोङले सरकारसँग मिलेर द्विपक्षीय हितका काम गर्न चीन सधैँझैँ तत्पर रहेको बताउनुभएको थियो ।
साथै भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्रमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।