काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७९/८० पेश भएको छ । सभाको आजको बैठकमा समितिका सभापति किरणकुमार साहले उक्त प्रतिवेदन पेश गर्नुभयो ।

 त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ३० गते बिहान ११ बजे बस्नेछ ।