काठमाडौँ — काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीका अनुसार लामो समयदेखि कलेजोको समस्याबाट पीडित ६१ वर्षीय महर्जनको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

महर्जन वि.स २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँका श्रीमती र दुई छोरा छन् । वडाअध्यक्ष महर्जनको निधनमा आज कीर्तिपुर नगरपालिकामा शोक बिदा दिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले महर्जनको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
उहाँको आजै कीर्तिपुरमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा काङ्ग्रेसका नेता, कार्यकर्ता तथा वडावासीकोसमेत सहभागीता रहेको थियो ।