फाइल तस्वीर: नेपाली काङ्ग्रेसले संसदीय दलको बैठक


काठमाडौँ — नेपाली काङ्ग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । काङ्ग्रेस संसदीय दलको बैठक भोलि बिहार बिहान ९ बजे बस्नेगरी बैठक आह्वान गरिएको हो ।

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार भोलि बिहानकोे बैठकमा देशको वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल हुनेछ । गठबन्धन टुटेपछि काङग्रेसको संसदीय दलको बैठक बस्न लागेको पहिलो हो ।

काङ्ग्रेसको हिजो बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले काङ्ग्रेस सम्मिलित सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण टुट्न पुगेको र त्यसको दोषी प्रधानमन्त्री प्रचण्ड नै रहेको जनाएको थियो ।

काङ्ग्रेससँग गठबन्धन भत्कनुलाई हिजो बसेको पदाधिकारी बैठकले अस्वभाविक भन्दै देशलाई अस्थिरतातर्फ धकेलेको निष्कर्ष निकालेको थियो । यसैबीच काङ्ग्रेस सभापति शेरबहादुर देउवा नयाँ गठबन्धनको खोजिमा हुनुहुन्छ । नेता देउवाले नयाँ गठबन्धनको लागि नेकपा एकीकृत समाजवादीलगायत मधेशवादी दलका नेताहरुसँगको भेटघाट र छलफललाई तिव्रता दिनुभएको छ । यसै सेरोफेरोमा भोलि बस्ने संसदीय दलको बैठकमा छलफल हुने बताइएको छ ।