फाइल तस्वीर


ललितपुर — नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । पार्टीका सभापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा आज मङ्गलबार दिउँसो ३ बजे बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस सरकारबाट बाहिरिएको छ । सत्ता बहिर्गमनसँगै विकसित पछिल्लो घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको उहाँले जानकारी गराउनुभयो ।