फाइल तस्वीर


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । राप्रपाले देशको वर्तमान राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन भन्दै आगामी शनिबार २६ गते कार्यसम्पादन समितिको बैठक आह्वान गरेको हो ।

बैठकमा पार्टीले घोषणा गरेको आगामी आन्दोलनको आवश्यक तयारीका बारेमा छलफल गर्ने पार्टीको प्रचार विभाग प्रमुख एवम् प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी गराउनुभएको छ ।