फाइल तस्वीर
काठमाडौँ — नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । भोलि फागुन २२ गते मङ्गलबार दिउँसो ३ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

नेपाली काङ्ग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बस्ने बैठकमा देशको बदलिंदो समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने छ ।

मुख्य सचिव पौडलले बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको बताउनुभएको छ ।