फाइल तस्वीर

काठमाडौँ — सङ्घीय संसद्को सचिवालयमा निजामती विधेयक दर्ता गरिनेभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट उक्त विधेयकको अन्तिम टुङ्गो लागेसँगै संसद् सचिवालय दर्ता हुनेभएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार मन्त्रालयमा उक्त विधेयक प्राप्त भएकोले संसद् सचिवालयमा आजै दर्ता गर्ने तयारी छ । निजामती विधेयक पहिलो पटक २०७५ साल माघमा संसद्मा दर्ता भएको भएको थियो । उक्त विधेयक २०७७ असारमा राज्य व्यवस्था तथा सुशासन समितिबाट समेत पास भएको थियो । प्रतिनिधिसभामा उक्त विधेयक पेस भएपनि छलफल मै नआई निष्क्रिय रहन पुगेके थियो ।

मन्त्रिपरिषद्बाट विधेयकको टुङ्गो लागेपछि संसद्मा दर्ता हुने र जारी संसद् अधिवेशनमा यस विषयमा छलफल गरी विधेयक पास हुने सम्भावना मछ । यो विधेयक पास भएपछि कर्मचारी समायोजनमा सहज हुने अपेक्षा गरिएको छ ।

संसद्मा दर्ता हुन लागेको विधेयकमा निजामती सेवामा कार्यरत कर्मचारीको निवृत्तिभर (अवकाश पाउने) उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष प्रस्ताव गरिएको छ ।