काठमाडौँ — प्रतिनिधिसभाको बैठक पुनः सुरुभएको छ । आज सोमबार बिहान ११ बसेको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल एमालेका सांसद्हरुको नारावाजी पछि १५ मिनेटका लागि स्थगित भएको उक्त बैठक पुनः सुरु भएको हो ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुद्वारा उठाइएका विषयहरुमा सभाको आगामी बैठक फागुन १८ गते जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।

सभामुख घिमिरेले सरकारलाई रुलिङ गर्नुभएपछि सभाको दोस्रो बैठक नियमित रुपमा सुचारु भएको छ । यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरुले विवादित मन्त्रीहरुको राजीनामाको माग गर्दै बैठकमा नारावाजी समेत गर्नुभएको थियो ।