काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता खिमलाल देवकोटाकी आमा हिरादेवी देवकोटाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आज नेता देवकोटाको निवास बालाजु पुगेर हिरादेवीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेता देवकोटालगायत सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गर्नुभएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

हिरादेवीको निधन भएको आज १३औँ दिनमा प्रधानमन्त्री दाहालले उहाँका परिवारजनलाई भेटेर समवेदना प्रकट गर्नुभएको हो ।