काठमाडौँ — साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज शुक्रबार चाँदी भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।