तस्वीरमा सभामुख देवराज घिमिरे ।


काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ब्यङ्ग्य गर्दै ‘फटाहाको संज्ञा’ दिएको भन्दै सत्तारुढ दलहरुले आपत्ति जनाउनुभएको छ । गरेको प्रयोग गरेको शब्दप्रति

राप्रपाकी सांसद कार्कीले प्रधानमन्त्रीसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेकी भनेपछि त्यसको प्रतिवाद गर्दै नेपाली काङ्ग्रेसकी सचेतक सुुशिला थिङले विरोध जनाउँदै नियमापत्ति गर्नुभयो ।

काङ्ग्रेस सचेतक थिङले भन्नुभयो —‘प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१ को ‘घ’ बमोजिम निमापत्ति गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीलाई यही सदनमा फटाहा भन्ने शब्द चयन भयो । त्यसकारण यो शब्द अश्विल भएकाले नियमापत्ति जनाएको छु ।’

यसैगरी काङ्ग्रेस सांसद देवप्रसाद तिमिल्सनाले पनि आसनबाट उठेर आपत्ति जनाउँदै प्रधानमन्त्रीका सम्बन्धमा प्रयोग भएको शब्द गलत भएकाले हटाएर जानुपर्ने बताउनुभयो । सभामुखको भनाइमा चित्त नबुझाएर सांसद् तिमिल्सनाले पनि नियमापत्ति गर्न खोज्नुभएको थियो ।

सभामुख देवराज घिमिरेले यसविषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै भन्नुभयो ‘ध्यानाकर्षण भयो मैले भनिसकेँ । अब यसमा धेरै अगाडि नजाऔं । ध्यान आकृष्ट भएको छ भन्नुहुँदै सम्पूर्ण माननीय सदस्यले ध्यान पु¥याएर आफ्नो कुरा राख्नुहुनेछ ।’

सोही विषयलाई लिएर सिंगो सदनको ध्यान आकृष्ट गराएको भन्दै एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीलाई बोल्न दिनुभएको थियो ।