फाइल तस्वीर
काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा रूस–युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे सदनमा जानकारी गराउन माग गरिएको छ । सभाको विशेष समयमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद सूर्यबहादुर थापाले परिवारका सदस्यहरु न श्वास न आशको अवस्थामा रहेकाले ती नेपालीहरुको अवस्था खोजी गरी नेपाल फिर्ता गर्न सरकारसँग माग गर्नुभएको हो ।

“नेपालीहरु रुस र युक्रेनका सेनामा भर्ना भएर आपसमा लडिरहेका छन् । यतिका समय बितिसक्दा पनि किन परराष्ट्र मन्त्रालय बोल्दैन ? औपचारिकरुपमा केही जानकारी पाउन सकेको छैन”, उहाँले भन्नुभयो ।