फाइल तस्वीर
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पेशागत विशेष जिल्ला कमिटीको नवौँ अधिवेशनबाट मोहनकुमार पराजुलीको अध्यक्षतामा ५३ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । कमिटीको उपाध्यक्षमा सागर शर्मा, सचिवमा जिबी सुनुवार, उपसचिवमा एलडी भुसाल र युवराज लम्साल निर्वाचित हुनुभएको छ ।

यस कमिटीमा निजामती, शिक्षक, प्राध्यापक, अन्तरसंस्थान, वित्तीय, गैह्रसरकारी, स्थानीय तह, इञ्जिनीयरिङ, सञ्चारलगायत क्षेत्रका प्रतिनिधि छन् । उक्त जिल्ला अधिवेशनको यही फागुन ५ गते एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो । एमालेको उपत्यका विशेष प्रदेशअन्तर्गत चार विशेष जिल्ला कमिटी रहेको छ ।