काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलोग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । अर्धठोस बनाएर ल्याइएको आठ सय ५५ ग्राम सुनसहित ३५ वर्षीय भारतीय नागरिक शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थलबाट पक्राउ गरिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार गए राति फ्लाई दुबई उडानमार्फत् दुबईबाट काठमाडौं आएका गफुरलाई विमानस्थलको आगमन टनेल गेटमा शंका लागेर जाँच गर्दा उक्त परिमाणमा सुन फेला परेको थियो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।