फाइल तस्वीर
काठमाडौँ — राष्ट्रको एक मात्र समाचार समितिका रुपमा रहेको राष्ट्रिय समाचार समिति (रासस)को ६३ औँ वार्षिकोत्सव समारोह भर्खरै प्रारम्भ भएको छ । रासस केन्द्रीय कार्यालय भद्रकालीप्लाजामा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा विशेष समारोहमा सुरु भएको हो ।

देश तथा विदेशका सञ्चार माध्यमलाई समाचार दिने एक सहयोगी संस्थाका रुपमा विसं २०१८ सालमा स्थापना भएको रासस आज ६३ वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा राससले उत्कृष्ट पत्रकार तथा कर्मचारीलाई पुरस्कार र उत्कृष्ट सेवाग्राहीलाई सम्मान गर्दैछ ।

समारोहमा सञ्चार मन्त्री शर्माले राससले प्रकाशन गरेको ‘रासस अनुभव र अनुभूति’ पुस्तक लोकार्पण गर्ने कार्यक्रम छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण रेग्मी, मन्त्रालयका उच्च पदस्थ अधिकारी, रासस सञ्चालक समिति सदस्यलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहेको छ ।