इनरुवा — सुनसरी देवानगन्ज गाउँपालिका–४ का अग्निपीडित परिवारलाई नेपाली काङ्ग्रेस सुनसरीले आज राहत सामग्री वितरण गरेको छ । नेपाली काङ्ग्रेसले स्थानीय कालादेवी पालको परिवारलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला नेतृत्वको टोलीले पीडितपरिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

पीडित परिवारलाई त्रिपाल, तेल, नून, चामललगायत खाद्यन्न प्रदान गरेको नेपाली काङ्ग्रेसका जिल्ला सभापति एवं इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।