फाइल तस्वीर
रामेछाप — नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला शाखा रामेछापले ११औँ राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय रामेछापमा विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेको छ ।

महासङ्घले जिल्लामा रहेका मिलिजुली पुस्तक तथा स्टेसनरी पसल, जे एन पुस्तक पसल, सहयात्री इन्टरप्राइजेज, घिमिरे पाठ्यपुस्तक तथा शैक्षिक सामग्री केन्द्र, दीक्षित स्टेसनरीलगायतका पसलबाट पुस्तक सङ्कलन गरिएको जनाइएको छ । करिब ३५ हजार रुपैयााँँ मूल्य बराबरको पुस्तक आज एक कार्यक्रमबीच निःशुल्क जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रञ्जन गिरीलाई महासङ्घका जिल्ला अध्यक्ष सुजन घिमिरेले हस्तान्तरण गर्नुभएको हो ।

प्राप्त भएका पुस्तकलाई आफ्नो कार्यालयमा भएको पुस्तकालयमा राखी अनुसन्धानका क्रममा हिरासतमा रहेका थुनुवालाई पढ्न उपलब्ध गराउने प्रहरी निरीक्षक गिरीले बताउनुभयो । उहाँले पुस्तक उपलब्ध गराउने नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला शाखालाई धन्यवाद दिनुभयो ।