काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्ते, आज तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार सुन १ लाख १८ हजार रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो। तेजाबी सुन पनि १ लाख १७ हजार ४ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।