काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । उक्त बैठक अहिले दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।


सचेतक निशा डाँगीका अनुसार बैठकमा आजदेखि सुरु हुने प्रतिनिधिसभाको तेस्रो अधिवेशनको तयारीबारे छलफल हुने भएको छ । सचेतक डाँगीले भन्नुभयो, “आजको बैठकमा धेरै एजेण्डा छैन । सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे र गैरसरकारी विधेयकबारे सदस्यहरुको तयारीको विषयमा छलफल गर्दैछौँ ।”


बैठकमा सदस्यहरुको हिउँदे अधिवेशनमा प्रस्तुत गरिएको प्रभावकारी एवं सृजनात्मक भूभिकाबारेमा समेत छलफल हुने बताइएको छ ।