म्याग्दी — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुशासनबाट मात्र नागरिक सन्तुष्ट हुने भएकाले सुशासनसहितको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको समुदायमा काङ्ग्रेस अभियान कार्यक्रममा नेता पौडेलले विकास–निर्माणका कामबाट मात्र नागरिक सन्तुष्ट नहुने भएकाले सुशासनसहितको विकास उनीहरूले खोजेका बताउनुभयो ।


“मुलुकमा व्यवस्था परिवर्तन भयो, भौतिक पूर्वाधारको क्षेत्रमा व्यापक विकास पनि भयो, मानव विकास सूचकाङ्कमा पनि सुधार भयो तर सुशासन कायम हुननसक्दा नागरिकमा व्यापक असन्तुष्टि छ,” नेता पौडेलले भन्नुभयो । उहाँले विकास–निर्माण योजनालाई अलपत्र पार्ने निर्माण व्यवसायी र सहकारीको रकम हिनामिना गर्नेहरूमाथि कठोर कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।