फाइल तस्वीर
काठमाडौँ —जनमत पार्टीको सचिवालय बैठक केहीबेरअघि सुरु भएको छ । भोलिदेखि सुरुहुने संसद्को हिउँदे अधिवेशन र देशको समसायिक राजनीति घटनाक्रमका बारेमा छलफल गर्न सचिवालयको बैठक बसेको हो ।

पार्टी कार्यालय नयाँ बानेश्वरमा सुरुभएको बैठकमा मुलुकको समसामयिक राजनीतिबारे छलफल भइरहेको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिनुभयो ।

बैठकमा भोलि सोमबारदेखि सुरु हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल भइरहेको जनमतले जनाएको छ । बैठकमा सङ्गठन विस्तार, वडा अधिवेशनको समीक्षा तथा मधेस प्रदेश सरकारबाट पार्टी बाहिरिएपछिको परिस्थिति, उपनिर्वाचनलगायत विषयमा पनि छलफल हुने प्रवक्ता यादवले बताउनुभयो ।