काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दक्ष जनशक्ति उत्पादनबाट राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने बताउनुभएको छ । पार्टी निकट एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले शिक्षाको विकासबाट नै राष्ट्र निर्माणमा बल पुग्ने भएकाले दक्ष जनशक्ति उत्पादनका निम्ति प्राध्यापकहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको हो ।

फरक प्रसङ्गमा बोल्दै अध्यक्ष नेपालले जन्मका आधारमा शासन सञ्चालन गर्ने व्यवस्था लोकतान्त्रिक हुन नसक्ने बताउँदै क्षमताका आधारमा जनताबाट अनुमोदित नेतृत्व अहिलेको आवश्यकता भएको बताउनुभयो । राजतन्त्रका बारेमा कुरा गर्नु असान्दर्भिक भएको उहाँको कथन थियो ।