काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात गलत भए सच्याउन आग्रह गरेको छ । बोर्डले आज बिहिबार एक सूचना जारी गर्दै एसएलसी, माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को शैक्षिक योग्यताको प्रमाणपत्रमा उमेर, नाम, र र गलत भए सच्याउन आग्रह गरेको हो ।

बोर्डले जारी गरेको सूचनामा, ‘वि.सं.२०७५ सालपूर्व जारी भएका प्रमाणपत्रमा नाम, थर र नाम थरका हिज्जे संशोधन गर्नुपर्ने भएका सोही उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७ को तेस्रो संशोधन, २०८० को नियम ६ को उपनियम (३) बमोजिम निवेदन दिन सकिने व्यहोरा समेत सूचित गरिन्छ’ भनी उल्लेख गरिएको छ ।