काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका जर्मनीको फेडरिक इवर्ट इस्टिफटुङ (एफईएस) का अध्यक्ष डा मार्टिन सुल्जले शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवनमा आज अपराह्न भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्य सम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको बताउनुभयो । 

राष्ट्रपतिले काठमाडौँस्थित एफईएस कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवं लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय कार्य भएकामा त्यसको सराहना गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।