फाइल तस्वीरः डा. शशाङ्क कोइराला, नेता नेपाली काङ्ग्रेस ।
भरतपुर — नेपाली काङग्रेसका नेता डा शशाङ्क कोइरालाले संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताउनुभएको छ । चितवनको भरतपुर पुग्नुभएको नेता कोइरालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताउनुभएको हो ।

नेता कोइरालाले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताउँदै भन्नुभयो, “लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन ।” नेता कोइरालाले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु उल्लेख गर्नुभयो ।

काङ्ग्रेसका पूर्वमहामन्त्री समेत रहनुभएका नेता कोइरालाले अहिलेको समुदायमा काङ्ग्रेस कार्यक्रम २०८४मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताउनुभयो ।