फाइल तस्वीर
बुटवल — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआसी) विधेयक १२ बुँदे सम्झौताको जगमा टेकेर सहमतिबाटै टुङ्गोमा पु¥याउनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन रुपन्देही शाखाद्वारा आज बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा टिआसी विधेयकलाई टुङग्याउने दावी गर्नुभएको हो ।

तात्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेपाली काङ्ग्रेस, नेकपा एमालेसहित सात राजनीतिक दलहरुबीच भएको १२ बुँदे सझौतामा हस्ताक्षर गरेका पक्षहरुमा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउने जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री गुरुङले टिआरसी विधेयकका कारण १७ वर्षदेखि शान्तिप्रक्रिया पनि अड्किएकाले यसलाई टुङ्गोमा पु¥याउन शीर्ष नेतृत्वलाई आफूले पनि अनुरोध गरेको बताउनुभयो ।

कानून मन्त्री गुरुङले संसद्को माघ २२ गतेदेखि सुरुहुने हिउँदे अधिवेशनमा टिआरसी विधेयकलाई टुङ्गोमा पु¥याउने गरी मुख्य दलहरुबीच सहमतिका लागि छलफल जारी रहेको बताउनुभयो । पत्रकारहरुको प्रश्नको जवाफ दिंदै मन्त्री गुरुङले भन्नुभयो —“मैले प्रमुख तीन दलका तीन नेतालाई पटक–पटक यो तपाईंहरूको सरोकारको विषय हो, यसको जसअपजस दुवै तपाईंहरुले नै पाउने हो भन्दै आएको छु । यसमा केही विषयमा मात्रै मतभिन्नता छ, संसद्को आगामी अधिवेशनमा सहमति नभए प्रक्रियागत ढङ्गले टुङ््गोमा पुग्छ ।”

सरकार पुनर्गठनको बारेमा पत्रकारहरुको प्रश्नमा मन्त्री गुरुङले ‘वर्तमान सरकार पुनर्गठनको विषय प्रधानमन्त्रीको अधिकारको विषय भए पनि यो गठबन्धनको सरकार भएकाले गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदा तत्काल फेरबदल आवश्यक नरहेको निष्कर्षमा पुगिएको जानकारी गराउनुभयो ।

मन्त्री गुरुङले आगामी संसद् अधिवेशन विधेयक अधिवेशन हुने र सरकारले छिट्टै सङ्घीय निजामती ऐन, शिक्षा विधेयक, प्रहरी समायोजन विधेयकजस्ता महत्वपूर्ण विधेयक टुङ्गोमा पु¥याउने स्पष्ट पार्नुभयो ।

टिआरसी विधेयक सहमति नजुटे पनि संसद्को आगामी अधिवेशनमा प्रक्रियागत ढङ्गले टुङ््गोमा पुग्छ