काठमाडौँ — उच्च अदालत पाटनले न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा आज शोक बिदा दिने निर्णय गरेको छ । आज उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतमा शोक बिदा दिने निर्णय गरेको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

 उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको मङ्गलबार हृदयघातका कारण ५६ वर्षको उमेरमा निधन भएको थियो । ह्दयघात भएपछि उहाँलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पु¥याइएको थियो । जहाँ उपचारका क्रममा उहाँको निधन भएको थियो । उहाँको हिजो साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।