फाइल तस्वीर
काभ्रे — काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ त्रिवेणी चोकस्थित एक सुपरमार्केटभित्र जुवाखाल जमाइरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । प्रहरीले गए राति करिब ९ बजेको समयमा त्रिवेणी चोकस्थित उक्त सुपरमार्केटभित्र जुवा खेलिरहेको अवस्थामा एघार जनालाई पक्राउ गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार प्रहरी चौकी नाला र इलाका प्रहरी कार्यालय बनेपाको टोलीले जुवाखालबाट ११ जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरी टोलीले १ लाख ८४ हजार ६४० रुपैयाँ र तीन बुक तास पनि बरामद गरेको छ । उनीहरू सबैलाई अहिले इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखिएको छ ।