फाइल तस्वीर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैठक ।


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ । रास्वपाले पर्सी शुक्रबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

आसन्न हिउँदे अधिवेशनलाई लक्षित गरी बोलाइएको संसदीय दलको बैठकमा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दालगायत अन्य समसामयिक विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

सङ्घीय संसद्को बैठक माघ २२ गतेदेखि बस्दै छ । विधेयक अधिवेशनको रुपमा लिइने यस अधिवेशनमा संसद्मा दर्ताभएका सहित सरकारले ल्याउने केही विधेयकहरु ल्याउने तयारी गरेको छ । यस अधिवेशनमा २२ वटा विधेयकहरु छलफल हुनसक्ने स्रोतले बताएको छ । अघिल्लो संसद् बैठकले एउटा मात्रै कानुन बनाएको थियो ।