परराष्ट्रमन्त्री एनपी साउद र बेलायती सेना प्रमुख जनरल सरपेट्रिक सन्डर्स ।


काठमाडौँ — परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सन् १९९७ भन्दा अगाडि अवकाश प्राप्त भूतपूर्व गोर्खाहरूले उठाउँदै आएको समान पेन्सनलगायत विषयलाई बेलायतले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । नेपालको भ्रमणमा आउनुभएका बेलायती सेना प्रमुख जनरल सरपेट्रिक सन्डर्ससँगको भेटका अवसरमा परराष्ट्रमन्त्री साउदले समान पेन्सनलगायत विषयलाई सम्बोधन गर्न सुझाउनु भएको हो ।

मन्त्री साउद र बेलायती सेना प्रमुख नजरल सन्डर्सबीच आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको थियो । भेटका अवसरमा नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा लामो सम्बन्धबारे विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदसँगको भेटमा बेलायती सेना प्रमुखले पनि भूतपूर्व गोर्खाहरुले उठान गरेको विषयलाई बेलायत समाधान गर्न चाहेको बताउँदै गोर्खाका मागलाई बेलायत सरकारले गम्भीरताका साथ लिएको बताउनुभयो । सो अवसरमा मन्त्री साउदले नेपालको मुख्य विकास साझेदारको रूपमा बेलायतले पु¥याएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।