फाइल तस्वीर


काठमाडौँ — उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयघातका कारण मृत्यु भएको छ । उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मरासिनीको हृदयघातका कारण उपचारकै क्रममा आज बिहान कलङ्कीस्थित नेशनल अस्पतालमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार न्यायाधीश मरासिनीलाई कीर्तिपुरस्थित ट्याङ्लाफाँटको आफ्नै निवासमा आज बिहान करिव साढे ८ बजे हृदयघात भएको थियो । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार बिहान कुरा हुँदा अदालत आउने बताउनुभएको थियो । न्यायाधीश मरासिनीलाई त्यसपछि हृदयघात भएको बताइएको छ ।