फाइल तस्वीर
काठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय परिषद्को बैठक आज पनि जारी छ । हिजो आइतबारबाट काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरुभएको बैठकले पार्टी विधानको संशोधन प्रस्तावमाथि छलफल गरेको छ । आजको बैठकमा विधान संशोधनका लागि समूहगत छलफल भएको र समूहको निष्कर्ष प्रस्तुत गर्न लागिएको हो ।

हिजो आइतबारको बैठकले प्रतिनिधिलाई १० समूहमा विभाजन गरेको थियो । समूहगत छलफलका लागि आइतबार साँझसम्मको समय तोकिएको थियो । आज नेताहरूले छलफलको निष्कर्ष सुनाउँदै छन् । आउँदो जेठ ३ गतेदेखि एकीकृत समाजवादीको महाधिवेशन गरिँदै छ । महाधिवेशनअघि विधान संशोधन गर्न लागिएको हो ।