ललितपुर — पाटनको मङ्गलबजारमा एकजना विदेशी महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार आज सोमबार बिहान मङ्गलबजार नजिकै उक्त विदेशी महिला मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार उनी जर्मन नागरिक भएकोे र उनी एक वर्षदेखि मङ्गलबजार क्षेत्रमै बस्दै आएकोे बताइएको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।