सोल्टी होटलमा आयोजित अन्तरक्रियात्मक कार्यक्रम ।


काठमाडौँ — नेपालको तीन दिने भ्रमणमा आउनुभएकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजेको बताउनुभएको छ । काठमाडौंको सोल्टी होटलमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै (सीपीसी) को अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो रहेको बताउँदै अन्य केही मुलुकले यस्तो देख्न नचाहेको धारणा व्यक्त गर्नुभएको हो ।

नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत विभिन्न राजनीतिक दलका नेताहरु सम्मिलित अन्तरक्रिया कार्यक्रममा संयुक्त परामर्श गर्नुको कारण दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन जोड दिएको बताउनुभएको छ । उपमन्त्री हाइयानले दुवै देशका राष्ट्राध्यक्षले सम्बन्धलाई सुदृढीकरण गर्न प्रयासरत रहेको भन्दै सहमती र समझदारी पत्रमा भएको हस्ताक्षरले पनि दुई देशबीचको सम्बन्ध प्रगाढ बनाएको उल्लेख गर्नुभयो ।

नयाँ युगमा चीन नेपाल सम्बन्धलाई कसरी राम्रो बनाउने र सहकार्य गर्न भन्नेमा हामीले काम गर्न जरुरी छ भन्नुहुँदै उपमन्त्री हाइयानले नयाँ परिस्थितिमा नेपाल चीन सम्बन्ध कस्तो बनाउने? त्यसमा राजनीतिक दलको भूमिका कस्तो हुने? भन्ने विषयमा पनि गृहकार्य गर्नुपर्ने आवश्यक्ता रहेको औल्याउनुभयो ।

सीपीसीकी नेता हाइयानले दुई देशका राजनीतिक दलबीच सम्बन्ध सुधार हुनुपर्ने र कतिपय मुलुक चीन नेपालबीच राम्रो सम्बन्ध भएको देख्न नचाहिरहको बताउनुभयो । ‘उनीहरू आउँछन् र जान्छन्। त्यसले असर गर्ने भनेको नेपाल र चीनका जनतालाई नै हो भन्दै त्यसैले यसको लक्ष्य निर्दिष्ट गरेर अघि बढ्न जरुरी छ। कठिनाइको सामना गर्न हामीले मिलेर काम गर्नुपर्छ । सहकार्यलाई अझ व्यवहारिक बनाउनुपर्छ’—उपमन्त्री हाइयानको भनाइ थियो ।

गएको वर्षदेखि चीनको आर्थिक सुधार भएको भन्दै त्यसलाई नेपालले सदुपयोयोग गर्न सक्ने प्रचुर सम्भावना रहेको भन्नुहुँदै चिनिया नेता हाइयानले विशेषगरी चिनियाँ शैलीको विकास निर्माण गर्ने र बीआरआईलाई कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।