फाइल तस्वीर


काठमाडौँ — प्रहरीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय अधिकृत छायाँलाल मोक्तानमाथि हातपात गरेको छ । आज शुक्रबार बिहान अध्यागमन अधिकृत मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर जाँदा मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद उत्पन्न भएपछि अधिकृत मोक्तानसहित कार्यालय प्रमुखमाथि हातपात भएको हो ।

अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रहरीलाई प्रश्न गर्नुभएको थियो । अधिकृत मोक्तानले विवादका क्रममा प्रहरीले आफुमाथि हातपात गरेको बताउनुभयो ।

यसको गुनासो आएपछि अध्यागमन कार्यालय प्रमुख हमाल आफैं सीसीटीभी फुटेज हेर्न गए । प्रहरी जवानले अध्यागमन अधिकृत मोक्तानमाथि दुव्यर्वहार गरेको देखिन्छ । हमालले प्रहरी अधिकृतहरुलाई किन त्यसो गरेको भनेर प्रश्न गरेका थिए, तर प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई त्यही लात्ताले हाने सोही क्रममा अध्यागमन कार्यालय प्रमुखलाई समेत हानियो । घटना घटेलगतै अध्यागमन कार्यालयले घटनाको बारे गृह मन्त्रालयलाई जानकारी गइएको छ ।