फाइल तस्वीर

काठमाडौँ — प्रहरी प्रधान कार्यालय, नक्सालले लामो समयदेखि सम्पर्कविहीन भएका २४ प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजीर हुन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै एक महिनाभन्दा बढी समयदेखि गैरहाजीर रहेका तीन जना असईसहित २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देश गरेको हो ।

प्रहरी महनिरीक्षकको सचिवालयका अनुसार नेपाल प्रहरीका ३ जना प्रहरी सहायक निरीक्षक ९असई०, २ जना प्रहरी सहायक हबलदार र बाँकी प्रहरी जवान गरी २४ जना प्रहरी एक महिनाभन्दा बढी समयदेखि आफूखुसी गैरहाजीर बसेका छन् ।

कार्यालयले उनीहरुलाई खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले सूचना जारी गरिएको प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख गरिएको छ । अबको सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई प्रहरी नियमावली अनुसार सेवाबाट हटाइने चेतावनीसमेत प्रधान कार्यालयले जनाएको छ ।