फाइल तस्वीर


काठमाडौं — भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले देशका सबै सातै प्रदेशका यातायात मन्त्री, सचिव र यातायात कार्यालयका सचिवहरुलाई काठमाडौं बोलाउनुभएको छ । सङ्घीय मन्त्री ज्वालाले छिटोछरितो सेवा प्रवाहको बारेमा छलफल गर्न उहाँहरुलाई बोलाउनुभएको हो ।

बैठक आज आइतबार दिउँसो एक बजे सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बस्नेभएको छ । संयुक्त बैठकमा सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशकसमेतलाई बोलाइएको छ ।

फर्जी लाइसेन्स वितरणका साथै यातायात सेवाको क्षेत्रमा रहेका अप्ठ्यारा र गुनासा समाधानको पहल गर्ने उद्देश्यले बैठक बोलाएको हो । प्रदेश सरकारमा अधिकार हस्तान्तरण भएको पाँच वर्षको अवधिमा एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको छानविनबाट खुलेको छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेको छ ।