फाइल तस्वीर


काठमाडौं — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशलाई वृद्धाश्रम बन्ने खतराबाट मुक्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४ औं वाषिर्कोत्सवलाई सम्बोधन गर्नेक्रममा गृहमन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

गृहमन्त्री श्रेष्ठले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने जिकिर गर्दै आयात प्रतिस्थापनका लागि उत्पादन वृद्धि र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशातर्फ सरकार अघि बढिरहेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री श्रेष्ठले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरुलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताउनुभयो ।

उपप्रधानमन्त्री समेत रहनुभएका गृहमन्त्री श्रेष्ठले विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित अहिले सरकारले काम गरिरहरेको जिकिर गर्दै सुशासन प्रभावकारी बनाउने र इकोनोमी एक्टिभिटी बनाउने काममा सरकार लागिपरेको बताउनुभयो ।