फाइल तस्वीर


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो स्वकीय सचिवालयमा कार्यरत १३ जना कर्मचारीहरुलाई हटाउनुभएको छ । हिजो माघ १ गतेदेखि नै लागु हुनेगरी उनीहरुलाई हटाइएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी गराएको हो ।

स्वकीय सचिवालयबाट हटाइएका कर्मचारीहरु मध्ये पाँच जना उपसचिव, एक जना शाखा अधिकृत, तीन जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एक जना कार्यालय सहायक र दुई जना हलुका सवारी चालक रहेका छन् ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव सन्तकुमार दरैका अनुसार प्रधानमन्त्रीको निर्देशनअनुसार उनीहरूलाई बिदाइ गरिएको हो । यसअघि प्रधानमन्त्रीको स्वकीय सचिवालयमा प्रमुख राजनीतिक सल्लाहकारसहित ३४ जना रहेका थिए । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार रहनुभएका हरिबोल गजुरेलले केही समयअघि उक्त पदबाट राजीनामा दिइसक्नुभएको छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयलाई चुस्त र छरितो बनाउने र खर्च कटौती गर्ने भन्दै कर्मचारी कटौती गरिएको बताइएको छ । प्रधानमन्त्रीले केही समय अघि आफ्नो सचिवालयबाट कर्मचारी घटाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

419715141_888184606014057_7471217536960850956_n