तस्वीरमा काठमाडौँ महानगरपालिकाको नगरसभा ।


काठमाडौँ — काठमाडौँ महानगरपालिकाको १४ औँ नगरसभा सुरु भएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो नगरसभा आज आईतबारबाट सुरु भएको हो ।

उक्त नगरसभामार्फत महानगरपालिकाको बजेट संशोधन गर्ने तयारी गरिएको छ । महानगरले पुस २५ गते शनिबार नगरसभा गर्ने तयारी गरेको थियो । तर उक्त दिन नगरसभा नगर्न नेपाली काङग्रेसबाट विजयी भएका जनप्रतिनिधिको विरोध गरेपछि स्थगित भएको नगरसभाको बैठक आज सुरुभएको हो ।