काठमाडौँ — प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सके समाज परिवर्तन सहज हुने बताउनुभएको छ ।

‘म बदिलन्छु अनि मेरो देश बदिलन्छ’ भन्ने नाराका साथ आज काठमाडौँ फोहर सङ्कलन दौड अभियानका क्रममा नक्सालमा आयोजित समारोहमा उहाँले भन्नुभयो, “यस अभियानले स्वभाविकरूपमा समाजमा चेतना फैलाउने छ, समाज रुपान्तरणका लागि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने हकमा महत्त्वपूर्ण काम गर्ने छ ।” अधिकार र कर्तव्यलाई एकै साथ लिएर जान नसकेकाले सबै किसिमको समस्या आउने गरेकाले युवावर्गले त्यसप्रति विशेष चासो दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस अवसरमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र नेपाल टेलिकमका प्रबन्धक हरि ढकालले शुभकामनसहित आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । नक्सालस्थित नारायण चौरबाट फोहर सङकलन गर्दै सुरु भएको उक्त दौड अभियान नागपोखरी, नारायणहिटी दरबारको प्रमुखद्वार, केशरमहल चोक, लैनचौर, एम्बेस्डर होटल हुँदै पुनः नारायणचौरमा पुगेर सम्पन्न भएको थियो ।

दौडमा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई २५ हजार, तृतीय हुनेलाई १५ हजार तथा चौथो हुनेलाई पाँच हजार पुरस्कारसमेत प्रदान गरिएको थियो । दौड अभियानमा नेपाल प्रहरीका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।