फाइल तस्वीर


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्नो एक कार्यकर्तालाई निलम्बनको कारवाही गरेको छ । क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत भएको भनिएकी गौशाला २६ की भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समिति सदस्य रहेका दिवश सापकोटालाई कारवाही गरेको हो । सामाजिक सञ्जाल प्रयोगमा सापकोटा संवेदनशील नरहेको ठहर रास्वपाले गरेको छ ।

सापकोटाले गौशालाको २६ को भन्दै सामाजिक सञ्जाल फेसबुक र एक्समा एकजना युवतीका ३ वटा तस्वीर सार्वजनिक गरेका थिए । रास्वपाले सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जनाएको छ ।

रास्वपाले भनेको छ ‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशिल नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौँ ।’