फाइल तस्वीर
काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक सुरु भएको छ । ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा आज बुधबारदेखि दुई दिन सञ्चालन हुने उक्त बैठक केहीबेर अघिमात्रै सुरु भएको हो ।

केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आजको बैठकमा राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव प्रस्तुत, आगामी महाधिवेशनको तयारीका साथै सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनेछन् ।

यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि बस्ने पार्टी कार्यालयले जनाएको छ ।